काठमाडौं । काठमाडौंको नागढुंगामा प्रहरी जवानलाई कुट्ने प्रहरी निरीक्षक र कुटाइखाने दुवैलाई जिम्मेवारीबाट हटाइएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता शेखर खनालका अनुसार, कुट्ने र कुटाइ खाने दुवै प्रहरीलाई कारबाही गरी तत्कालै जिम्मेवारीबाट हटाइएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुटपिट भएको सार्वजनिक भिडिओ तथा समाचारका सम्बन्धमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । सो कार्यमा संलग्न देखिएका प्रहरी कर्मचारीहरूलाई हालको जिम्मेवारीबाट हटाई आवश्यक छानबिन भइरहेको ब्यहोरा जानकारी गराइन्छ ।’
थानकोट नाकामा खटिएका ट्राफिक प्रहरी निरीक्षकले थानकोट वृत्तमा कार्यरत एक जवानलाई कुटेको भिडियो भाइरल भएको थियो । यो भिडियो कहिलेको हो भन्ने खुलिसकेको छैन ।
भिडिओ सार्वजनिक भएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानबिन थालेको छ । दुबैलाई सोधपुछका लागि बोलाएको छ । सो कार्यालयले प्रहरी जवान पिट्ने इन्सपेक्टर र कुटाइ खाने जवान दुवैको नाम भने सार्वजनिक गरेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया