हल्दीबारीमा हुरीले घर भत्किँदा एक जनाको मृत्यु

लोकपथ
168
Shares

काठमाडौं । झापाको हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकमा हुरीका कारण घर भत्किँदा एक जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार हुरीले टिनको छानावाला घरको बिम भत्किएर घरमै रहेका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिएअनुसार घटना गए राति भएको हो ।

प्रहरीको प्रारम्भिक विवरण अनुसार तेज हुरीका कारण घरको संरचना कमजोर बन्दै बिम खस्दा उनी त्यसकै चपेटामा परेका थिए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?