सतुंगलको व्यवसायिक कम्प्लेक्समा आगलागी, ६ दमकल र ७० सुरक्षाकर्मी परिचालन

लोकपथ
2.4k
Shares

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–११, सतुंगल चोकस्थित एक व्यवसायिक कम्प्लेक्समा बिहीबार बिहान भीषण आगलागी भएको छ।

प्रहरीका अनुसार बिहान ५:२५ बजे कपडा पसल रहेको कम्प्लेक्समा विद्युत सर्ट भएर आगलागी भएको हो । आगो नियन्त्रणका लागि नेपाल प्रहरीका ३० जना र सशस्त्र प्रहरीका ४० जना गरी ७० जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसका साथै, चन्द्रागिरी नगरपालिकाको दमकल, नेपाली सेनाको विपद् व्यवस्थापन गणबाट १, नेपाल आयल निगम थानकोटबाट १, जुद्ध बारूण यन्त्र केन्द्रबाट २ र ललितपुर महानगरपालिकाबाट १ गरी कुल ६ वटा दमकल आगलागी नियन्त्रणका लागि खटाइएको प्रहरीले जनाएको छ।

अहिलेसम्म आगलागीबाट मानवीय क्षति भएको विवरण प्राप्त नभएको र विस्तृत विवरण संकलनको प्रक्रिया जारी रहेको प्रहरी स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?