लुम्बिनी प्रदेश सभाको दोस्रो बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

लोकपथ
63
Shares

काठमाडौं । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै छ । सम्भावित कार्यसूची अन्तरगत बैठकमा तीन मुख्य विषयहरू तय गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

एउटा विधेयक पेस  हुने, सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभा सदस्यहरूको अनुपस्थितिको जानकारी सभामा गराउने, प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा मन्तव्य राख्ने विषय कार्यसूचीमा समावेश छ ।

आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सामयिक कर राजश्व संकलन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभा बैठकमा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?