प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

लोकपथ
210
Shares

काठमाडौं । संघीय संसद् अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।

बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०८१र०८२ पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।

बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहनेछ ।

pp

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?