काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले विकास निर्माणका काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले यस्तो माग गरेका हुन् ।
स्थानीय स्तरका सडक, ढलानजस्ता विकास निर्माणको कार्य संघीय सरकारको नभएको उनले तर्क गरे । उनले विकास कार्यमा केन्द्र सरकारले समन्वय र सहकार्यको भूमिका मात्रै खेल्नुपर्ने बताए। अध्यक्ष राउतले ‘जनता आवास कार्यक्रम’ प्रति प्रश्न उठाउँदै यसले विपन्न वर्गलाई विस्थापित बनाएको आरोप लगाए । उनले सरकारले ल्याउने बजेटले जनताको वास्तविक समस्या सम्बोधन गर्नुपर्नेमा उनको जोड छ ।
उनले भने, ‘अब विकासकारी हस्तान्तरणको सिद्धान्तलाई लिनुपर्दछ । यो फलानोको घरदेखि ढिस्कानोको घरसम्म ढलान बनाउने काम संघीय सरकारको होइन । विकास निर्माणका सबै कामहरू प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्नुपर्छ । उनीहरूसँग सहकार्य र समन्वय गर्ने होइन । त्यही भएर अब हामीले धेरै लोभ नगरेर विकास निर्माणका सबै काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने सिद्धान्त बजेटमा अवलम्बन गर्नुपर्छ ।’
नागरिकमैत्री सेवा उपलब्ध गराउन सिंहदरबारले नसक्ने कुरा व्यवहारतः पुष्टि भइसकेको समेत उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया