काठमाडौं । हिजो मंगलबार सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएको बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले आज बुधबार निकालेको छ ।
डोटी जिल्लाको दीपायल सिलगढी नगरपालिका–१ सिरखोली बस्ने ९ वर्षीय अमित विक पौडी खेल्ने क्रममा हिजो मंगलबार दिउँसो करिब पौने २ बजे नदीमा डुबेर बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी निरीक्षक वीरेन्द्र बमको कमान्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले आज दिउँसो १ बजे उनको शव करिब ३० फिट गहिराइबाट निकालेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया