रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्च अदालतको आदेश 

लोकपथ
420
Shares

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई उपस्थित गराउन आदेश दिएको छ । 

मिश्रलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै उनकी श्रीमती सारिका कार्कीले गृह मन्त्रालयसमेतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । 

सो सम्बन्धमा आज बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिश्रलाई अदालत उपस्थित गराउन आदेश गरेको हो । साथै अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश पनि जारी गरेको छ ।  

गत १५ चैतमा तीनकुनेमा भएको प्रदर्शनका क्रममा उनलाई पक्राउ गरिएको थियो । काठमाडौं जिल्ला अदालतले मंगलबार थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?