विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको छ : पदम गिरी

लोकपथ
49
Shares

काठमाडौं । नेकपा (एमाले)का सांसद पदम गिरीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको बताएका छन् । 

प्रतिनिधि सभाको बुधबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद गिरीले यस्तो बताएका हुन् । उनले जनतामा रहेको तीव्र विकासको हुटहुटीलाई सम्बोधन गर्ने गरी सिद्धान्त र प्राथमिकका आएको बताए । 

बजेट निर्माणका सम्बन्धमा सरकारले विगतको अभ्यास दोहोर्‍याउने नभई बे्रकथ्रू गर्न खोजेको सांसद गिरीको भनाइ छ । 

उनले विगतमा बजेट बिना तयारी ल्याइने, लगानीको स्पष्ट खाका नबनाइने र खर्च गर्न नसकिने अवस्थाले पुँजीगत खर्च न्यून हुने स्थिति निर्माण भएको उल्लेख गर्दै यसमा सरकार गम्भीर बन्नुपर्ने समेत बताए । 

उनले सरकारलाई पुँजीगत खर्च वृद्धि गर्न स्पष्ट कार्य योजना बनाउन, प्राथमिकता आधारित आयोजना छनोट गर्न र कृषि तथा उत्पादनशील क्षेत्रमा युवाहरूलाई आकर्षित गर्ने रणनीतिका साथ अगाडि बढ्न सुझाव दिए। 

 उनले भने, ‘देशमा आज जुन अर्थतन्त्रको अवस्था छ । यो अवस्थाबाट अर्थतन्त्रलाई कसरी गतिशील र चलायमान बनाउने र राष्ट्र बैंकभित्र ६ खर्ब लगानीयोग्य पुँजी छ तर मान्छेहरू मलाई ऋण चाहियो भनेर जाँदैन । १० महिना पुगिसक्छ तर एकतिहाई पनि पुँजीगत खर्च हुन सक्दैन् । आयात प्रत्येक वर्ष बढिरहेको अवस्था छ । व्यापार असन्तुलन बढिरहेको अवस्था छ । खेत बाँझो छ तर युवाहरूलाई खेती गर्ने कुनै रुचि छैन । उ विदेश जानको लागि खुट्टा उचालेर बसिरहेको हुन्छ । नेपाली कांग्रेस र एमालेको सरकारले मुलुकको विद्यमान अवस्थाको गहिराई सम्म पुगेर छाम्ने कोसिस गरेको छ कि छैन भनेर मैले गहिरोसँग अध्ययन गरे । सरकार विगतको अभ्यास होइन । ब्रेक–थ्रू गर्न खोजेको जस्तो पाएको छु । हामीले विगतमा जुन स्वरुपमा बजेट ल्याउँथ्यो सबैलाई खसि पार्ने हिसाबले बिना पूर्व तयारीका, लगानीको ढाँचा सुनिश्चित नगरिएका आयोजनाहरूमा जुन हिसाबले हामीले बजेट विनियोजन गरेका हुन्थ्यौँ । त्यसले गर्दा हाम्रो बजेट समयमा खर्च नहुने र हाम्रो पुँजीगत खर्च न्यून हुने स्थिति यस कारण पनि सिर्जना भयो भन्ने कुरा लुकेको छैन ।  ’ 

लोकरिझ्याइँका लागि नभई मुलुकको अर्थतन्त्रमा व्यापक सुधार गर्ने दृढ संकल्पका साथ सरकार उभिनुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?