संघीयता विरोधी संघीयता ल्याउने पार्टीहरू नै हुन् : जनार्दन शर्मा

लोकपथ
224
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संघीयता विरोधी संघीयता ल्याउने पार्टीहरू नै रहेको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित संघीयताको कसीमा आर्थिक वर्ष २०८२/०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले २५ हजारदेखि ५० हजारसम्मका बजेट पनि संघले विनियोजन गर्ने परिपाटी रहेको बताउँदै प्रदेश र स्थानीय तहप्रति संघ सरकारले विश्वास नगरेको बताए । 

उनले संघीयताको विरोधी अरू कोही नभएर संघीयता ल्याउने र संविधान बनाउने पार्टीहरू रहेको पुष्टि भएको जिकिर गरे । उनले संघीयता ल्याउने र संविधान बनाउने पार्टीहरू सत्तामा पुग्दा संघीयता कार्यान्वयन नहुने गरेको बताउँदै कानुन नबन्दा प्रदेश सरकारले अधिकार नपाएको बताए । उनले बनेका कानुनको अधिकार प्रदेशलाई हस्तान्तरण नहुने, बनेको कानुन कार्यान्वयन नहुने, बजेट फिर्ता ल्याइने जस्ता कामहरू संघ सरकारबाट भएको बताउँदै संघीयता प्रतिको बुझाइ नै बेठिक भएको जिकिर गरे ।  

उनले भने, ‘संघीयता कार्यान्वयनमा मेन्टालिटीको कुरा गर्दा खेरी बजेट कहाँ कति दोस्रो कुरा हो, ५० हजार, २५ हजारका संघले हाल्ने के हो त त्यो ? त्यो मेन्टालिटी त हो । तल संयन्त्र छ, संरचना छ, उसलाई कार्यान्वयन गर्ने विश्वास छैन, दिइँदैन । त्यो खालको मनोविज्ञानले काम गरिरहेको छ । संघीयताको विरोधी अरू कोही होइन, संघीयताका विरोधी संघीयता ल्याउने र संविधान बनाउने पार्टीहरू नै छन् । आफू सत्तामा पुग्दा कार्यान्वयन भइराखेको छैन । कानुन बनिराखेको छैन । कानुन नबनेर तल प्रदेशले आफ्ना अधिकार पाइराखेको छैन । बनेका कानुनको अधिकार हस्तान्तरण भएको छैन । बनेको कानुन कार्यान्वयन हुँदैन । तल दिइएको बजेट फिर्ता ल्याइन्छ । कुन योजना कसको भनेर छुटाइएको छैन । यसले गर्दा हाम्रो संघीयता प्रतिको बुझाइ नै बेठिक छ ।’

उनले संघीयता कार्यान्वयनको लागि संघीयताका पक्षधरहरूले दबाब दिनुपर्नेमा जोड दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?