बागबजारको गेस्ट हाउसमा महिलाको हत्या गरी फरार व्यक्ति पूर्वसैनिक, विवाहेत्तर सम्बन्ध हत्याको प्रमुख कारण

लोकपथ
6.6k
Shares

काठमाडौं । काठमाडौंको बागबजारस्थित एक गेस्ट हाउसमा गत चैतमा एक महिलाको हत्या गरी फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

नुवाकोटको सूर्यगढी नगरपालिका घर भई काठमाडौं बस्दै आएकी २८ वर्षीया विमला तामाङको हत्या अभियोगमा  प्रहरीले धादिङको गल्छी गाउँपालिका घर भएका ४० वर्षीय रामचन्द्र पन्तलाई पक्राउ गरेको हो । 

तामाङको शव गत २९ चैतमा सडेगलेको अवस्थामा फेला परेको थियो । उनको हत्या ११ दिनअघि नै भएको पनि अनुसन्धानबाट खुलेको थियो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्तासमेत रहेका एसपी अपिल बोहराका अनुसार, भारतबाट नेपाल फर्किँदै गरेको अवस्थामा पन्तलाई नागढुंगाबाट पक्राउ गरिएको हो । गेस्ट हाउमा विमलाको हत्या गरेर उनी फरार भएका थिए ।

उनीहरू विवाहेत्तर सम्बन्धमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ  ।

पूर्व भारतीय सैनिक पन्तले अहिले भारतीय सेनाबाट पेन्सन बुझ्ने गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?