काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला दुई हजार रुपैयाँ घटेको सुनको भाउ यस दिन प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ मूल्य घटेको चाँदी आज १९६० मा कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया