काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प खाली मुलुकहरुको भ्रमणमा निस्किएका छन् । दोस्रोपटक राष्ट्रपति बनेपछिको पहिलो भ्रमण साउदी अरब, कतार र युनाइटेड अरब इमिरेट्सको भ्रमण गर्न लागेका हुन् ।
मे १३ (मंगलबार) बाट सुरु भएको भ्रमण मे १६ सम्म रहनेछ । जहाँ उनले तीन देशको भ्रमण गर्नेछन् ।
चार दिने भ्रमणका क्रममा सुरुमा ट्रम्पले साउदी अरबको भ्रमण गर्दै त्यहाँ हालसम्मकै ठूलो मानिएको १४२ अर्ब डलरको हतियार बिक्रीको सम्झौता गरेका छन् ।
सो क्रममा उनले साउदी अरबका क्राउन प्रिन्स (युवराज) को तारिफ गरेका छन् । उनले साउदीका युवराज मोहम्मद बिन सलमानलाई एक समारोहमा सम्बोधन गर्दै उनले दिनरात मेहनत गरेर आफ्नो देशलाई विश्वकै व्यापारिक केन्द्र बनाएको तारिफ गरे ।
रियादमा आयोजित एक बिजनेस समिटमा ट्रम्पले सलमानलाई प्रश्न गर्दै भनेका थिए, ‘मोहम्मद तपाईँ राति कसरी सुत्नुहुन्छ ?’
हलमा तालिको गडगडाहट र हाँसोको फोहरा छुटेको थियो । साथै आफू बसेको स्थानबाट हास्दै केही प्रतिक्रिया दिइरहेका थिए ।
‘उहाँ (मोहम्मद बिन सलमान) कोल्टे फेर्नुहुन्छ । म यसलाई कसरी अझ राम्रो बनाउँ भनेर सोच्नुहुन्छ । वास्तवमा जो व्यक्ति कोल्टे फेर्न जान्दैन उसले तपाईँलाई कहिल्यै पनि गन्तव्यमा लैजान सक्दैन,’ ट्रम्पले सलमानको तारिफ गर्दै भनेका थिए ।
ट्रम्पले बोलेको उक्त भिडियो यतिबेला सामाजिक सञ्जालमा विश्वभर भाइरल भइरहेको छ ।
भिडियो हेर्नुहोस् :
https://twitter.com/RT_com/status/1922321488192889183/video/1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया