राति ८ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइयो

लोकपथ
1.3k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राति ८ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक आह्वान भएको उनको सचिवालयले जनाएको छ । 

मन्त्रिपरिषद् बैठक सोमबार र बिहीबार बस्ने गरेपनि दुई दिनअघिको सोमबार बस्न सकेको थिएन । त्यस दिन सार्वजनिक बिदा पनि थियो । 

आजको बैठकले गभर्नर नियुक्तिको लागि गठित सिफारिस समितिमा एकजना सदस्य नियुक्त गर्ने सम्भावना छ । समितिका सदस्य डा. विश्व पौडेलले गभर्नर बन्ने लालसाले राजीनामा दिएपछि सिफारिस समितिको एक पद रिक्त छ ।  

प्रमुख सत्तारुढ दल कांग्रेस र एमालेबीच पौडेललाई गभर्नर बनाउने आन्तरिक सहमति भइसकेको समाचार पछिल्ला दिनमा सार्वजनिक भइरहेका छन् । यद्यपि, पौडेलका विषयमा पनि सर्वाेच्च अदालतमा रिट दर्ता भएपछि गभर्नर नियुक्तिको विषय थप पेचिलो बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?