काठमाडौं । काठमाडौं महानगरपालिका–२४ स्थित मखन टोलमा आज बिहान भएको आगलागी नियन्त्रणमा आएको छ। काठमाडौं उपत्यकाका ६ वटा दमकलको सहयोगमा आगो करिब तीन घण्टा पछि नियन्त्रणमा लिइएको हो।
दुर्घटनामा परी एक जना महिलाको ज्यान गएको पुष्टि भएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको छ ।
प्रहरीका अनुसार आगलागीको कारण ग्याँस लिक रहेको प्रारम्भिक अनुमान गरिएको छ । सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको चार तले काठ र माटोको घरको तेस्रो तलाबाट सुरु भएको आगो छेउको रुकेश श्रेष्ठको पाँच तले पक्की घरमा समेत फैलिएको थियो ।
आगो निभाउन जुद्ध बारुद २, नेपाल आर्मी, ललितपुर महानगरपालिका, रामहिटी र बालाजु औद्योगिक क्षेत्रका दमकलसहित उपत्यकाका ६ वटा दमकल प्रयोग गरिएको थियो । साथै, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोली पनि आगो नियन्त्रणमा सक्रिय थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया