काठमाडौं । कुलेखानी–कलंकी–हुमाने सडक खण्डमा १९ दिनसम्मका लागि सवारी आवागमन बन्द हुने भएको छ । उक्त सडक खण्डमा जेठ २ गते देखि जेठ २० गतेसम्म सवारी आवागमन पूर्णरूपमा बन्द हुने भएको हो।
पूर्वीपुर्वाधार विकास कार्यालय, हेटौंडाबाट प्राप्त जानकारी अनुसार उक्त सडकखण्डको कालोपत्रे निर्माणका लागि उक्त अवधीमा यातायात बन्द गर्न लागिएको हो।
जिल्ला प्रशासन कार्यालय, मकवानपुरले सार्वजनिक सूचना जारी गर्दै यात्रीहरू तथा सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । हेटौंडाबाट काठमाडौं वा काठमाडौंबाट हेटौंडा यात्रा गर्ने यात्रुहरूले वैकल्पिक रूपमा कुलेखानी–सिस्नेरी–दक्षिणकाली मार्ग वा अन्य उपयुक्त सडक मार्ग प्रयोग गर्न सकिने उल्लेख गरिएको छ।
सूचनामा सवारी साधन सञ्चालन नगर्न र सम्बन्धित निकायहरूलाई आवश्यक समन्वय गर्न पनि आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया