काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
माहाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक/दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया