रुपन्देहीमा राप्रपाका जिल्ला उपाध्यक्षसहित ३ जनाले छाडे पार्टी

लोकपथ
5.4k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका उपाध्यक्षसहित ३ जनाले पार्टी परित्यागको घोषणा गरेका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष अजयकुमार गुप्तासहित ३ जना रहेका छन् । त्यस्तै अन्यमा जिल्ला सल्लाहकार तथा गत स्थानीय तह निर्वाचनमा शिद्धार्थनगर नगरपालिकाकी उपप्रमुखकी उम्मेदवार विनिता गुप्ता र रुपन्देही क्षेत्र नं ३ का क्षेत्रीय उपाध्यक्ष डा. अमित चर्तुवेदी रहेका छन् ।

‘उपरोक्त सम्बन्धमा राप्रपा रुपन्देहीको सक्रिय कार्यंकर्ताको रुपमा विभिन्न ओहोदामा काम गर्दै आइरहेका हामी आजको मितिदेखि यस पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी गराउँदछौँ । आजका मितिसम्म हामीलाई सहयोग गर्ने पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई हृदयदेखि धन्यवाद ज्ञापन गर्दछौँ,’ जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।

गत निर्वाचनमा रुपन्देही क्षेत्र नं ३ बाट निर्वाचित सांसद दिपक बोहराको निधन भएसँगै त्यहाँ उपनिर्वाचनका लागि आकांक्षीहरु देखिइरहेका छन् । साथ निर्वाचनमा टिकट नपाउने भएपछि उनीहरुले पार्टी छाडेको समेत आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?