जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

लोकपथ
42
Shares

काठमाडौं । आगामी जेठ ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । 

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले उक्त जानकारी गराएका हुन् । प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने उल्लेख छ । 

समूह दशमा रहेका सांसदहरुले जेठ २ गते दिउँसो २ बजेभित्र प्रतिनिधि सभाका सचिवसमक्ष प्रश्न बुझाउन समेत सभामुख घिमिरेले आग्रह गरे । 

प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित विषयमा सांसदहरुले प्रश्न सोध्न सक्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?