संखुवासभा । जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
खाँदबारी नगरपालिका–१ रेडक्रस मार्ग बस्ने ५३ वर्षीय राजेन्द्र कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा कार्की समेत ५ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ५ सय ७० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया