चलचित्र विकास बोर्डको जग्गा हिनामिनाबारे छानबिन हुन्छ : प्रधानमन्त्री ओली

लोकपथ
273
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र विकास बोर्डको जग्गा हिनामिनाबारे छानबिन हुने बताएका छन् । 

मंगलबार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले यसअघि चलचित्र विकास कम्पनीको नाममा रहेको जग्गा हिनामिना भएको भन्ने गुनासो आएको भन्दै त्यसको छानबिन हुने बताए । उनले उक्त जग्गाबारे छानबिन गर्न सम्बन्धित मन्त्री र सचिवलाई निर्देशन दिए । 

उनले कसैले हिनामिना गरेको छ भने त्यसलाई कानुनी प्रक्रिया पुर्‍याएर सरकारको नियन्त्रणमा ल्याउने प्रतिबद्धता जनाए । 

प्रधानमन्त्री ओलीले भने, ‘पहिला चलचित्र विकास कम्पनी भन्ने थियो । चलचित्र विकास कम्पनी त्यसको जमिन पनि हिनामिना छ भनेको सुन्दा म छक्क परेँ । तत्सम्बन्धी मन्त्रालयका मन्त्रीज्यु र सचिवज्यु यहीँ हुनुहुन्छ । हप्ता, १० दिनमा त त्यसको पत्ता लगाइ हाल्नुहोला । के भएको छ, हामी खोज्छौँ । यदि कसैले हिनामिना गरेको छ भने त्यसलाई कानुनी प्रक्रिया पुर्‍याएर कन्ट्रोलमा ल्याउँछौँ ।’

प्रधानमन्त्री ओलीले चलचित्र विकास बोर्डको मातहतमा कोष निर्माण गर्ने माग आएको भन्दै कोषप्रति सरकार सकारात्मक रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?