सांगठनिक अभ्यास, राजनीतिक सुधार र कार्यविधि परिवर्तन गर्नुपर्छ : मनिष झा

लोकपथ
42
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सांगठनिक अभ्यास, राजनीतिक सुधार र कार्यविधि परिवर्तन गर्न सरकारलाई सुझाव दिएका छन् । 

प्रतिनिधि सभाको मंगलबारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद झाले वर्तमानको आवश्यकता र सरकारको प्राथमिकता फरक भएको भन्दै सुशासनको विषयमा जोड दिन आग्रह गरे । 

उनले हामीलाई ५/१० दिनमा लाइसेन्स चाहिएको भए पनि सरकारले पानी जहाज कार्यालय उद्घाटनको काम गरिरहेको बताए  । देशमा सुशासन सुधार गर्नुपर्ने अवस्थामा सरकारले भने अर्कै सपना देखाउने गरेको उनको भनाई छ । सरकारको आकार ठुलो भएको बताउँदै उनले संघीयताको सबलीकरणका लागि धेरै संस्था खोल्न बन्द गर्नुपर्ने बताए । 

उनले भने, ‘वर्तमान सरकार कार्यनीतिमा फोकस हुनुपर्थ्यो । तर, हाम्रो सिद्धान्त तथा प्राथमिकतामा कार्यनीतिमा कति फोकस छौँ । अहिलेको विकास देशको अगाडि आर्थिक अवस्था, अगाडि बढाउने, जीविकोपार्जन र दैनिकीलगायत सबै कुराहरू सुधार्ने हो भने हामीले सुधार्नुपर्ने सुशासन हो । सुशासन नसुधारिकन पानी जहाज र मोनोरेलको सपनाहरू बेचेर मात्र राजनीति हुँदैन । जसले हामीलाई अल्झाउने र बल्झाउने काम मात्र गर्छ । किनकि हामीलाई चाहिएको छ ड्राइभिङ लाइसेन्स पाँच दिन दश दिनमा कसरी आउँछ भन्ने महत्त्वपूर्ण कुरा हो । तर हामी पानी जहाज अफिसको उद्घाटन गर्छौँ । भनेको सुधार कहाँ गर्नुछ भन्ने कुरामा केन्द्रित भैराखेका छैनौँ । अझै पनि हामी गलत कुराहरूमा लागिरहेका छौँ भन्ने देखाउँछ । फेजर इन्ष्टिच्यूटले भर्खरै सार्वजनिक गरेको आर्थिक स्वतन्त्रताको रिपोर्ट सार्वजनिक गर्दै गर्दा केही कुराहरू सुझाव दिएको छ । नेपालको हकमा प्रतिव्यक्ति आय र जिडिपीको साइज बढीराखेतापनि विगत २० वर्षदेखि नेपालको आर्थिक स्वतन्त्रताको सूचकांकमा सुधार नभएको भन्ने देखाएको छ । हाम्रो साइज अफ इकोनोमी र प्रतिव्यक्ति आय बढेर पनि यदि आर्थिक स्वतन्त्रता बढी राखेको छैन भने हामीले सोच्न सिकाइराखेका छैनौँ । तर, अभिव्यक्तिको स्वतन्त्रता दिइराखेका छौँ भने त्यसले सकारात्मक परिणाम ल्याउँदैन । अन्तर्राष्ट्रिय बजारमा हाम्रो क्रियटिबिलिटी घटिराखेको छ, हामी ग्रे जोनमा गइराखेका छौँ त्यसले गर्दा हामी गभर्नर नियुक्ति यो पार्टीको भागमा पर्‍यो भनेर खुलमखुला भनिरहेका छौँ किनकि त्यसो भनिरहनसमेत हामीलाई लाज लागेको छैन । यी बिग्रिएका कुराहरू सुधार गर्न सांगठनिक अभ्यासहरू, राजनीतिक संस्कार र कार्यविधिहरु सुधारिनु पर्छ । यसमा सघाउनुपर्ने विषयमा हामी सघाउन तयार छौँ ।’

उनले सुशासन नसुधारि जनतालाई पानी जहाज र मोनोरेलको सपना देखाएरमात्र नहुने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?