आशा र अपेक्षाअनुसार सिद्धान्त र प्राथमिकता आएन : सांसद शर्मा

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले आशा र अपेक्षाअनुसार सिद्धान्त र प्राथमिकता नआएको बताएका छन् । 

मंगलबार राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । 

उनले देशको समस्यालाई ठिक ढंगले पहिचान गरेर सिद्धान्त र प्राथमिकता नल्याइएको बताउँदै यो सही नभएको र जनताका आवश्यकता पूरा गर्न नसक्ने जिकिर गरे । 

उनले सिद्धान्त र प्राथमिकतामा आएको विषयहरू पनि कार्यान्वयन हुनेमा ढुक्क र विश्वस्त हुने अवस्था नरहेको धारणा राखे । शर्माले कार्यान्वयनको हिसाबले हेर्दा प्राथमिकताहरूले देशको समस्या समाधान गर्न नसक्ने टिप्पणी गरे ।  

उनले भने, ‘कार्यान्वयनको हिसाबले हेर्दा खेरी प्राथमिकता जसरी छुट्टाइएको छ, खास देशको समस्या समाधान गर्ने खालको छैन । कानुन निर्माण गर्ने कुरा, सोच बदल्ने कुरा र संरचना बदलेर अर्थतन्त्रको विकासको निम्ति प्राथमिकता निर्धारण गर्ने कुरामा दुई तिहाइको सरकार आउने आशा अपेक्षा गरिएको थियो, तर त्यो सम्भव देखिएन । यसका सिद्धान्त र प्राथमिकता हेर्दा आशा अपेक्षा गरिएको जस्तो देखिएन । जे यो आएको छ, त्यो पनि कार्यान्वयन हुने कुरामा ढुक्क र विश्वस्त हुने कुरा छैन । तसर्थ, हामीले देशको समस्यालाई ठिक ढङ्गले पहिचान गरेर सिद्धान्त र प्राथमिकतालाई ल्याउनुपर्थ्यो, त्यो ल्याउन सकिएन । यो सही छैन र यसले आवश्यकता पूरा गर्न सक्दैन ।’ 

उनले सरकार मुलुकमा देखिएका वर्तमान समस्या समाधान गर्नेतर्फ गम्भीर नरहेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?