आगामी बजेट जनताको आशा जगाउनेगरी आउनुपर्छ : सांसद विष्ट

लोकपथ
126
Shares

काठमाडौं । नेकपा एमालेका सांसद गोकर्ण विष्टले आगामी बजेट यथार्थ र जनताको आशा जगाउनेगरी आउनेमा आफू विश्वस्त रहेको बताएका छन् । 

प्रतिनिधि सभाको मंगलबारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद विष्टले विधेयकले अघि सारेका सिद्धान्त र प्राथमिकता आधारभूत रूपमा सही भएको बताए । 

उनले वर्तमान समयमा युवाहरूको तीव्र विकासको चाहनालाई समेत बजेटले सम्बोधन गर्नुपर्नेमा जोड दिए । 

उनले एकाध प्रतिशतको कमाइले प्राप्त हुने आर्थिक वृद्धि वा प्रतिव्यक्ति आम्दानी अब नचाहिएको भन्दै आधारभूत वर्गको जीवनलाई माथि उठाउने गरी, श्रमिकको पारिश्रमिक र उत्पादकत्व वृद्धि गर्नेगरि प्राकृतिक स्रोत साधन र राज्यका लाभहरूको न्यायोचित वितरण गर्ने गरी समाजवादको आधार तयार गरिनुपर्नेमा जोड दिए । 

विगत केही वर्षयता बजेट निर्माणमा अनुशासनहीनता देखा परेको भन्दै उनले आउने बजेटले यस्ता अनुशासनहीनताको अन्त्य गर्नेमा आफूm विश्वस्त रहेको बताए । 

उनले बजेटले के सन्देश दिन्छ भन्ने प्रमुख कुरा भएको बताउँदै संविधानले गरेको परिकल्पना पूरा गर्ने र सोही पदचापमा हामी हिड्दैछौं भन्ने सन्देश बजेटमार्फत दिनुपर्नेमा जोड दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?