टिकट नपाएपछि कांग्रेस परित्याग, लगाए गम्भीर आरोप

रुपन्देही, १९ कात्तिक — नेपाली कांग्रेसका एक पुराना नेताले पार्टी नै छाडेका छन् । टिकट वितरणमा आर्थिक चलखेलका कारण आफ्नो फिक्स भएको टिकट अन्तिम समयमा अर्कैलाई बेचिएको आरोप लगाउँदै महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद पौडेलले पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको घोषणा गरेका हुन् रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १० निवासी पौडेलले आगामी मंसिर २१ गते हुने प्रदेश सभा निर्वाचनमा रुपन्देही क्षेत्र नं. १ को ख बाट उम्मेदवारी दर्ता गराएसँगै आफूमाथि भएको अन्याय र अत्याचार सहन नसकेर उम्मेदवारी दर्ता गराएको तथा पार्टी परित्याग गरेको बताए २०३४ सालमा पार्टीको साधारण सदस्यता प्राप्त गरि राजनीति आरम्भ गरेका पौडेल २०३६ सालमा क्रियाशील सदस्यता लिई पार्टीका जिम्मेवारी सहित पार्टीले लिएका नीति निर्देशन पालना गर्दै युवा अवस्थादेखि हालसम्म धैर्यता प्रदर्शन गरेपनि आफूमाथि ठूलो अन्याय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?