प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट

लोकपथ
105
Shares

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुख सम्मेलन’ (आइएससी) का सहभागीले आज भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुभव आदानप्रदान गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा (आइएससी) सँग मिलेर काम गर्न नेपाल सरकार तत्पर रहेको बताए ।

भेटमा मलेसियाली सांसदहरू दातुक विरा, डा मोहम्मद हट्टा बिन एमडी रामली, रोड्जिया बिन्ती इस्माइल र सांसद दातुक ल्यारी सङ वेइ शियनका साथै जापानका (आइएससी) का सल्लाहकार मासाइची होरीलगायत अन्य सहभागिता थियो । 

यसैगरी, नेपाली प्रतिनिधिका रूपमा (आइएससी) का नवनियुक्त महासचिव एकनाथ ढकाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचेतक सुनिता बराल र प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?