गर्मीको समयमा सूचना नदिई विद्युत् लाइन काटिनु आपत्तिजनक : सांसद शर्मा

लोकपथ
329
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्माले जनतालाई सूचना नदिई विद्युत् प्राधिकरणले पटक पटक लाइन काट्नु आपत्तिजनक भएको बताएकी छन् ।  

प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले गर्मीको समयमा बिना सूचना लाइन काट्न जनता आहत भएको बताइन् । उनले जनताको जीवनमाथि खेलबाड नगर्न प्राधिकरणलाई आग्रह गरिन् । 

उनले यही साधन स्रोतले यसभन्दा अघि नियमित लाइन दिन सक्ने प्राधिकरण अहिले किन पटक पटक लाइन काटिरहन्छ भनेर प्रश्न गरिन् । 

जनतालाई सूचना नदिई गर्मीको समयमा यसरी लाइन काटिनु दुःखद् भएको भन्दै के यही प्रयोजनका लागि कुलमानलाई हटाउने परिस्थिति जन्मिएको हो भन्दै सांसद शर्माले प्रश्न गरिन् ।

उनले भने, ‘यस्तो प्रचण्ड गर्मीमा विद्युत् प्राधिकरणले पटक पटक विना सूचना लाइन काटेको छ । यसरी घण्टौँ लाइन काटिँदा जनजीवन कष्टकर बनेको छ । मध्यरातमा जनता सडकमा आउन बाध्य छन् । प्राधिकरणले जवाफ दिन सक्दैन । यही साधन स्रोतले योभन्दा अगाडि नियमित लाइन दिन सक्ने प्राधिकरण अहिले किन लाइन काट्छ ? जनतालाई सूचना दिँदैन । के यही प्रयोजनका लागि कुलमानलाई हटाउने परिस्थिति जन्मिएको हो ? त्यसैले सम्माननीय सभामुख मार्फत सोध्न चाहन्छु जनताको जीवनमाथि खेलबाड किन ? लाइन नियमितताका लागि रुलिङका लागि सभामुखसँग माग गर्दछु ।’

सांसद शर्माले विद्युत् लाइन नियमितताका लागि रुलिङ गर्न सभामुखसँग माग गरिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?