दाङ । लुम्बिनी प्रदेशसभाकी सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । सीके राउत नेतृत्वको जनमत पार्टीकी समानुपातिक सांसद गुरुङले आज मंगलबार लुम्बिनी प्रदेशका सभामुखसमक्ष राजीनामा बुझाएकी हुन् ।
जनताले तिरेको करबाट तलब खान उपयुक्त नभएको भन्दै उनले आजकै मितिबाट लागू हुने गरी राजीनामा पेस गरेकी हुन् ।
उनले बुझाएको राजीनामा पत्रमा देश र जनताको पिर मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यता रहेको उल्लेख गरेकी छन् ।
उनले लेखेकी छिन्, ‘मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आस गरिबसेका मेरा स्वाभिमानी जनता आमाबुबा, दाजुभाइ दिदीबहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई आभास भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया