तोलामा २ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
182
Shares

काठमाडौं । सोमबारको तुलनामा आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा  दुई हजारले सुनको मूल्य घटेको हो । चाँदीमा भने प्रतितोला  १० ले वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य  एक लाख ८४ हजार ८०० कायम भएको छ । त्यसैगरी, प्रतितोला चाँदी एक हजार ९७० मा बेचबिखन भइरहेको छ । 

शुक्रबार प्रतितोला सुन  एक लाख ८६ हजार ८०० र त्यति नै परिमाणको चाँदी  एक हजार ९६० मा खरिदबिक्री भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार २५२ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?