केटी साथीलाई भेट्न राति उनको कोठा गएका इमाडोलका युवकको मृत्यु

लोकपथ
20.7k
Shares

काठमाडौं । ललितपुरको इमाडोलमा भाडामा बस्दै आएकी एक जना केटी साथीको कोठामा गएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा इमाडोलका ३१ वर्षीय जीवेश अधिकारी छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार, सोमबार राति ती युवक केटीको कोठामा गएका थिए ।
‘केटीको कोठामा गएको केही समयपछि युवक बेहोस भएको जानकारीमा आएको छ, उनी बेहोस भएपछि केटी साथीले नै किस्ट अस्पताल लगेकी थिइन् । उपचारका क्रममा चिकित्सकले आज मंगलबार बिहान ७ः३० बजे युवकलाई मृत घोषणा गरेका छन् ।’

२२ वर्षीया ती युवतीको घर काभ्रे हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?