महन्थ ठाकुरलाई कांग्रेसको समर्थन

काठमाडौं, १९ कात्तिक — आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई कांग्रेसले समर्थन गरेको छ कांग्रेस केन्द्रले क्षेत्र नम्बर तीनमा उम्मेदवारी दिएका बजरंग नेपालीलार्इ उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । यद्यपी केन्द्रले दिएको निर्देशनपछि कांग्रेस कार्यकर्ता भने असन्तुष्ट बनेका छन् नेपालीले उम्मेदवारी फिर्ता लिन निर्देशन आएको भन्दै केन्द्रबाट सोहिअनुसार पत्र पठाउने जानकारी आएको बताए यसअघि राजपा— कांग्रेसबीच चुनावी तालमेल गर्ने भनिएपनि अन्तिम समयमा आएर सम्भव भएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?