काठमाडौं । थाइल्याण्डमा जारी आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा अन्तर्गत नेपाल हङकङबीच निर्णायक भिडन्त हुँदैछ । बैंककस्थित टेक्नोलोजी ग्राउण्डमा खेल बिहान ११:१५ बजे सुरु हुने यो खेल समूह ‘सी’ को शीर्ष स्थानका लागि अत्यन्त महत्वपूर्ण छ ।
पहिलो भेट वर्षाले टस समेत हुन नदिँदा नेपाल र हङकङबीच रद्द भएको थियो । त्यसपछि नेपालले बहराइनलाई पराजित गर्दै पहिलो जित दर्ता गरेको हो ।
त्यसपछि सोमबार हङकङ र बहराइनबीचको खेल पनि वर्षाका कारण प्रभावित भएको थियो । बहराइनले ४ ओभरमा १५ रन बनाएर खेलिरहेको अवस्थामा वर्षाले खेल रोकिएपछि फेरि सुरु हुन सकेन ।
अब आज हुने खेलमा नेपालले हङकङलाई पराजित गर्न सकेमा सुपर थ्री चरणमा स्थान सुरक्षित गर्दै समूह विजेता बन्नेछ ।
प्रतियोगितमा ९ टोली तीन समूहमा बाँडिएका छन् । जसबाट प्रत्येक समूहका विजेता टोली सुपर थ्री मा प्रवेश गर्नेछन् । शीर्ष दुई टोलीले विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया