रुकुम पश्चिममा जिप दुर्घटना, एकको मृत्यु, तीन गम्भीर घाइते

लोकपथ
133
Shares

काठमाडौं ।  रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० मा आज (सोमबार) दिउँसो भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । सानीभेरी गाउँपालिका–१० स्थित अमलाटाकुरीको सिम्ली–तिमिले भित्री सडक खण्डमा दुर्घटना भएको हो । 

लु.प्र.०२००१ च ०१७७ नम्बरको निजी जिप अनियन्त्रित भई करिब ४०० मिटर तल खस्दा ५० वर्षीय नरबहादुर ओलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

दाङको तुल्सीपुर उपमहानगरपालिका–७ का बासिन्दा  जिप चालक ४४ वर्षका लिलमणि भण्डारी, ४४ वर्षकी लिला ओली  र  ५० वर्षका दुर्गा ओली दुर्घटनामा गम्भीर घाइते भएका छन् । 

प्रहरीका अनुसार जिपको ब्रेक फेल भएपछि दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घाइतेहरूलाई चौरजहारी नगर अस्पतालमा उपचारका लागि लगिएको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?