काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशस्तरीय सञ्चार संस्थाहरूको सुदृढीकरण र मातृभाषामा समाचार प्रवाहले संघीयताको मर्मलाई व्यवहारमा उतार्न सहयोग पुग्ने बताएका छन् ।
नेपाल टेलिभिजन कर्णाली प्रदेश ब्युरोद्वारा आज सुर्खेतमा आयोजित कार्यक्रमको उद्घाटनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले रेडियो नेपालको कर्णाली प्रदेश प्रसारण केन्द्रमार्फत खस भाषामा समाचार प्रसारण गर्दै मन्त्री गुरुङले खस भाषामा सुरु गरिएको समाचारले कर्णालीको मौलिकता झल्काउने विश्वास व्यक्त गरे ।
‘हामी लोकतान्त्रिक प्रणालीमा छौँ । जनताको सूचना पहुँच सुनिश्चित गर्न सरकार गम्भीर छ । प्रदेशमा सञ्चारका संस्थागत संरचना निर्माण गर्नु त्यसैको हिस्सा हो,’ मन्त्री गुरुङले भने, ‘मातृभाषामा सञ्चार हुनु भनेको नागरिक र राज्यबीचको सम्बन्ध अझ सशक्त हुनु हो, यसले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछ ।’
कर्णाली प्रदेश सुनिने मात्र नभएर जनताले चाहे जसरी विकास विश्वास व्यक्त गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले प्रदेश सरकारसँग सहकार्य गरेर कर्णालीको विकासमा संघ सरकारले प्राथमिकताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे। उनले सरकारका सञ्चार माध्यमहरूले भाषा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै राष्ट्रिय एकता बलियो बनाउन सक्रिय भएको बताए ।
मन्त्री गुरुङले यी सञ्चारमाध्यमले देशको समृद्धि र सुशासनको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको बताए । जनताका लागि सूचना दिने पहिलो दायित्व हो भनेर सार्वजनिक सेवा प्रसारण नेपाललाई अघि बढाएको बताउँदै उनले यसलाई अझै प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे ।
एनटिभिलाई विश्वसामु पुर्याउन यसै वर्षदेखि अङ्ग्रेजी भाषामा प्रसारण गर्ने तयारी गरिएकाले उनले जानकारी दिए । कर्णाली प्रदेशले अघि बढाएको डिजिटल प्रदेशको योजनालाई संघले सहकार्य गरेर सहयोग गर्ने मन्त्री गुरुङले उल्लेख गरे । खस भाषाको समाचार सुरुआताले कर्णालीको प्रदेशको भाषा, सांस्कृतिक पहिचान र सञ्चार पहुँचलाई सुदृढ गराउनका लागि ऐतिहासिक प्रयास भएको बताए ।
सञ्चारको पहुँचको समावेशीकरण र स्थानीय भाषामा समाचार प्रवाहले लोकतन्त्रलाई अझै बलियो बनाउने विश्वास व्यक्त गर्दै मन्त्री गुरुङले आगामी दिनमा यस्ता रचनात्मक कार्यलाई अगाडि बढाउँदै लगिने प्रतिबद्धता व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया