काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् । कोहलीले सोमबार इन्स्टाग्राममार्फत आफूले टेस्ट क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् ।
विराटले लामो समय भारतको कप्तानीसमेत गरेका थिए । ‘…म कृतज्ञताले भरिएको हृदय लिएर जाँदै छु– खेलको लागि, मैले मैदान साझा गरेका मानिसहरूको लागि, र बाटोमा मलाई देख्ने हरेक व्यक्तिको लागि । म सधैँ मेरो टेस्ट करियरलाई मुस्कानका साथ फर्केर हेर्छु,’ कोहलीले इन्स्टाग्राममा लेखेका छन् ।
३६ वर्षीय कोहलीले टेस्ट फम्र्याटमा १२३ खेलबाट ९ हजार २३० रन बनाएकोमा जसमध्ये ३० खेलमा शतक बनाएका थिए । ३१ खेलमा भने अर्धशतक बनाएका थिए ।
केही दिनअघि भारतका अर्का प्रभावशाली ब्याट्सम्यान रोहित शर्माले पनि टेस्ट क्रिकेटबाट सन्न्यास लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया