काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुबैको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेको हो ।
मूल्य घटेसँगै सोमबार छापावाल सुन प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिन १ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्यमा समेत गिरावट आएको छ । अघिल्लो दिन तोलाको १ हजार ९७० रुपैयाँमा रहेको चाँदी सोमबार घटेर १ हजार ९६० रुपैयाँमा झरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया