बजेट विनियोजन ठिक ढंगले नहुनु हाम्रो मूल समस्या : पूर्व अर्थमन्त्री महत 

लोकपथ
175
Shares

काठमाडौं । पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रको समस्या बजेट विनियोजन र कार्यान्वयन भएको बताएका छन् ।  आइतबार प्रतिनिधिसभाको बैठकपछि संसद् परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । 

उनले मुलुकको समस्या भनेकै बजेट विनियोजन ठिक ढंगले नहुनुभएको बताए ।  उनले खर्च गर्नुपर्ने ठाउँमा खर्च नभएको, खर्च गर्न नपर्ने ठाउँमा बढी खर्च भएको र थोरै थोरै रकम छरिएको जिकिर गरे । 

उनले अध्ययन भएका आयोजनाहरूलाई मात्रै केन्द्रित गरेर बजेट विनियोजन गर्ने सरकारले प्रतिबद्धता जनाएको समेत धारणा राखे ।  नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका उनले सीमित स्रोत र साधनको दुरुपयोग नहुने, प्रभावकारी कार्यान्वयन हुने र सुनिश्चित गर्ने अवस्था सिर्जना गर्नको लागि अर्थमन्त्रीले गृहकार्य गर्नुपर्ने बताए ।  

उनले भने, ‘मूल हाम्रो अर्थतन्त्रको समस्या भनेको बजेट विनियोजन र कार्यान्वयनको हो । बजेटले प्राथमिकताको आधारमा बजेट विनियोजन गर्ने कुरामा कति सुदृढ ढङ्गबाट दृढताका साथ अर्थमन्त्री खडा हुनुहुन्छ, त्यसले निर्धारण गर्छ । हाम्रो समस्या भनेकै विनियोजन ठिक ढङ्गले भएको छैन । जहाँ खर्च गर्नुपर्ने हो, त्यहाँ खर्च गर्न सकेका छैनौँ । जहाँ खर्च नगरे पनि हुने हो, त्यहाँ ज्यादा खर्च भइराखेको छ । थोरै थोरै रकम जताततै छरिएको छ । यसलाई प्राथमिकीकरण गर्छौ भन्ने पनि कुरा छ । अध्ययन भएका आयोजनाहरूलाई मात्रै केन्द्रित गरेर बजेट विनियोजन गर्छौँ भन्ने पनि भन्नुभएको छ । आउने बजेटमा हेर्न बाँकी छ कि, भने अनुसार कति लक्षित किसिमबाट विनियोजन हुन्छ । सीमित स्रोत र साधनको दुरुपयोग नहुने अवस्था र त्यसको प्रभावकारी कार्यान्वयन गर्ने अवस्था र प्रतिफल सुनिश्चित गर्ने अवस्था सिर्जना गर्नको लागि उहाँहरूले गम्भीर होमवर्क पनि गर्नुपर्दछ । अनेकौँ खाले दबाबहरूलाई झेल्न पनि सक्नुपर्छ ।’

उनले सरकारले प्रस्तुत गरेको र दुवै सदनबाट पास भएको नीति तथा कार्यक्रम सकारात्मक रहेको उल्लेख गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?