रुपन्देहीमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

लोकपथ
1.8k
Shares

रूपन्देही ।  ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा  एक जनालाई पहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका४ बुद्ध कोलोनी बस्ने ५२ वर्षीय कुश कार्की  रहेका छन् । 

कुशले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले शनिबार राति उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?