भक्तपुर । विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघर बस्ने तनहुँ ऋषिङ गाउँपालिका–८ घर भएका ५० वर्षीय विष्णु कुमार श्रेष्ठको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७ घर भएका ४१ वर्षीय भीम प्रधान समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ हजार ७ सय ६० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली मनहरा आँखा अस्पताल नजिकै चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने दोलखा घर भएका ४० वर्षीय धन बहादुर फुयालको मुस्ताङ खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर हरिसिद्धि बस्ने काभ्रे तेमाल घर भएका ३२ वर्षीय अमर तामाङ समेत ७ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार ४ सय २५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी भक्तपुरको चाँगुनारायण नगरपालिका–१ दुवाकोट बेसी बस्ने दोलखा घर भएकी ५८ वर्षीया तुलसी वलीको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तुलसी समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ६ सय ५० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया