राजावादीमाथि प्रहरीको निगरानी, बैठकस्थलबाटै शिवसेनाका अध्यक्ष पक्राउ

लोकपथ
3.6k
Shares

काठमाडौं । प्रहरीले शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’ लाई पक्राउ गरेको छ ।

आइतबार काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा आयोजित राजावादीहरुको कार्यक्रमस्थलबाटै उनलाई पक्राउ गरेको हो ।

नवराज सुवेदीको नेतृत्वमा गठित संयुक्त जनआन्दोलन परिचालन समितिको बैठकमा बस्नेत पनि सहभागि रहेका थिए । हिन्दुराज्य र राजतन्त्र पुनस्थापनको लागि विभिन्न रणनीति तयार गर्नका लागि बैठक बोलाइएको थियो । त्यसो त यसअघि नै शिवसेनाले समेत आन्दोलनलाई समर्थन गरेको थियो ।

बस्नेतलाई तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गर्न त्यहाँ पुगेको प्रहरी र राप्रपाका नेता कार्यकर्ताबिच केहीबेर भनाभन समेत भएको थियो ।

त्यसो त यसअघि राजतन्त्र पुनस्थापनको अभियन्ता खेमराज सेडाईँलाई समेत प्रहरीले कार्यक्रमस्थलबाटै पक्राउ गरेको थियो । उनलाई अहिले प्रहरीले छाडिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?