काठमाडौं । राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार नुवाकोटको ककनीमा बृहत वनभोज कार्यक्रमसहित साधारण सभा सम्पन्न भएको हो । साधारण सभाबाट उदयबहादुर रानामगरको अध्यक्षमा नयाँ कार्यसमिति समेत चयन भएको समितिका कोषाध्यक्ष कृष्णराज खतिवडाले जानकारी दिए ।
साधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा नवराज ढकाल, उपाध्यक्षमा सन्तु श्रेष्ठ, सचिवमा राजुप्रसाद प्याकुरेल, कोषाध्यक्षमा कृष्णराज खतिवडा र सहसचिवमा विनोद न्यौपाने चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा कृष्ण पुडासैनी, केशवरबहादुर पण्डित, नमराज सापकोटा, नारायण श्रेष्ठ, रुपा तामाङ, विमोचन भण्डारी, इन्द्रबहादुर पाण्डे, श्यामलाल श्रेष्ठ, कृष्ण गिरी, दिनेश भट्टराई र अर्जुनराज पाठक रहेका छन् ।
यसैगरी साधारण सभाले ९ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।

सल्लाहकार समितिमा डा. मनोज केसी, डा. केदार नरसिंह केसी, रूद्र सिङ तमाङ, रामप्रसाद थपलिया, तुलसी सिटौला, होमनाथ थपलिया, सुदर्शन भण्डारी, बासुदेव गुरागाँई,जंगबहादुर अर्याल र पुष्पराम केसी रहेका छन् ।
साधारण सभामा राष्ट्रसेवामा नवप्रवेशी, बढुवा एवं स्तरोन्नति र सेवा निवृत्त भएकाहरुलाई सम्मान समेत गरिएको थियो ।
राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटले विभिन्न रचनात्मक कामहरु गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया