‘बुबाको तेह्रदिने काम सकिने बित्तिकै बुद्ध एयरमा कुनै हिसाबको संलग्नता नभएको भाइ शिवेन्द्रले कम्पनी चल्न दिन्नँ भनेर हिँड्न थाल्यो…’
माथिको पंक्ति बुद्ध एयरका कार्यकारी अध्यक्ष बीरेन्द्रबहादुर बस्नेतको हालै प्रकाशित पुस्तक ‘बुद्ध एयर : बाई द बुक’ बाट लिइएको हो ।
अघिल्लो साताबाट बजारमा आएको ‘बुद्ध एयर : बाई द बुक’ मा बस्नेतले बुद्ध एयरको व्यवसायीक सफलता मात्र होइन नेपालको हवाई क्षेत्रको विकासका बारेमा नयाँ तथ्यहरु उजागर गरेका छन् ।
पुस्तकको सुरुवात मा नै बस्नेतले आफूले त्यहाँ उल्लेख गरेका कतिपय नामहरु कुनै आक्षेप लगाउन नखोजेको बरु आफ्नो व्यवसायिक सफलता र असफलतासँग जोडिएका विषय भएकाले उल्लेख गरेको बताएका छन् ।
जहाँ उनले आफ्नो भाइ शिवेन्द्रबहादुर बस्नेतको बदमासी र उनले दिएका हैरानीलाई प्रष्टसँग उल्लेख गरेका छन् । त्यति मात्र होइन उनै शिवेन्द्रले पाइलट पढेकै कारण आफूहरुमा हवाई क्षेत्रमा लगानी गर्ने उर्जा मिलेको भन्दै प्रशंसा समेत गरेका छन् ।
सर्वोच्च अदालतको न्यायाधीश मात्रै नभएर दुईदुई पटक मन्त्री समेत बनेका सुरेन्द्र बहादुर बस्नेत (बीरेन्द्रका बुबा) उमेरले ७० पुगिसकेपछि बुद्धमा लगानी गरेका थिए । बुबा सुरेन्द्रको निधनपछि चुनौतीपूर्ण अवस्थाबाट व्यवसायलाई सफल बनाएका बीरेन्द्रले बुद्ध एयर यात्रु लिएर आजसम्म कसरी सफलताको आकाशमा उडिरहेको छ भन्ने कुरालाई उल्लेख गरेका छन् ।

सन् २०२२ डिसेम्बर २५ मा सुरेन्द्र लोकबाट बिदा भएपछि बुद्धलाई हाँक्ने जिम्मेवारी काँधमा लिएका बीरेन्द्रले त्यसबिचमा भोगेका असहजताहरुबारे दिल खोलेर लेखेका छन् । साथै बुद्धलाई चुनौतीपूर्ण अवस्थाबाट कसरी सहज अवस्थामा ल्याउन सफल भइयो त्यसबारेमा समेत उल्लेख गरेका छन्, जुन आम मानिस अझ व्यवसाय गर्छु भन्नेहरुका लागि प्रेरणा बन्न सक्छ ।
व्यवसायिक असहजताका बिच आफ्नै भाई शिवेन्द्रले थापेको अड्कोबारे समेत बीरेन्द्रले खुलेर लेखेका छन् ।
‘बुबाको निधनले दिएको आघात मेटिन नपाउँदै मैले एउटा युद्धको सामना गर्नुपर्ने अवस्था आयो । त्यसले मलाई निराश, आक्रोश र केही हदसम्म विह्वल बनायो । यद्यपि त्यो अवस्था आउन सक्छ भन्ने मैले आकलन नगरेको थिइन्,’ बीरेन्द्रले भाइ शिवेन्द्रले दिएको दुुःखबारे खुलाउँदै भनेका छन्, ‘पारिवारिक विवादबारे नलेखेको भए पनि हुन्थ्यो । तर । उद्यमशील बन्न चाहने व्यक्तिका निम्ति यो विवादसमेत एउटा उदाहरण हुन सक्छ भनेर यसबारे उल्लेख गरेको हुँ ।’
बुद्ध एयरको व्यवसायिक सफलतामा समस्या उत्पन्न गरेका भाइ शिवेन्द्र र शिवेन्द्रका कारण बुबामा परेको चिन्ताबारे बीरेन्द्रले लेखेका छन् :
भाइ शिवेन्द्र व्यवस्थापनमा हिस्सा लिन अगाडि आएपछि समस्या उत्पन्न हुन थाल्यो । म प्रबन्ध निर्देशक र बुबा कार्यकारी निर्देशक हुनुहुन्थ्यो । बुबाले कम्पनीको कामकाजमा दिनको केही घण्टा मात्र दिन सक्ने अवस्था थियो । शिवेन्दलाई म अन्तर्गत डाइरेक्टरका रुपमा राखिएको थियो । बुबा र शिवेन्द्रले फरक ढङ्गले सोचेकाले परिस्थिति बेग्लै भयो । त्यसले समानान्तर व्यवस्थपन उत्पन्न हुन पुग्यो । एयरपोर्ट, अपरेशन, इन्जिनियरिङलगायतका विभाग शिवेन्द्र अन्तर्गत गए । बजार, वित्त र मानव संशाधन म अन्तर्गत रहे । शिवेन्द्र अन्तर्गतका विभागमा मेरो निगरानी नरहने अवस्था बन्यो । ऊ अन्तर्गतका विभागमा अनियमितता सुरु भए । संयोगले सबैभन्दा धेरै खर्च हुने इन्जिनियरिङ विभागमा प्रमुख मोहनबहादुर थापा हुनुहुन्थ्यो । उहाँ अहिले बितिसक्नुभयो । शाही नेपाल वायुसेवा निगमबाट आउनुभएको उहाँ पाको, इमान्दार र मिहिनेती हुनुहुन्थ्यो ।
इन्जिनियरिङ स्टोरको व्यवस्थापक खेमलाल भुसाल हुनुहुन्थ्यो । उहाँ पनि नेपाल वायुसेवा निगमबाटै आउनुभएको थियो । दुवै एकदमै भलादमी र इमान्दार । त्यसले यहाँ वित्तीय गडबडी हुन पाएन । समानान्तर व्यवस्थापनका कारण घरदेखि अफिससम्म मनमुटाव र झगडाको श्रृंखला सुरु भयो । बुद्ध एयर सञ्चालनमा आएको पहिलो दुई वर्षमै मलाई व्यापक मानसिक तनाव सुरु हुन थाल्यो । त्यो तनावकै कारण मैले कम्पनी छाड्ने मनस्थिति बनाएँ । मैले विकल्प सोच्न थालिसकेको थिएँ । त्यसै बेला विवाहित शिवेन्द्रको लसपस अर्की महिलासँग भएको गाइँगुइँ चल्न थालेपछि बुबालाई असह्य भयो । शिवेन्द्रमा खासै व्यवस्थापकीय अनुभव र कला थिएन । उसले एसएलसीभन्दा माथि औपचारिक अध्ययन गरेको थिएन ।
पहिले त बुबाले उसको हैकमलाई सहेर बस्नुभएको थियो । ती महिलासँग जोडिएको घटनापछि बुबाले उसलाई कम्पनी छाड्ने विकल्प दिनुभयो । त्यसपछि शिवेन्द्र आफ्नो १४ प्रतिशत शेयर ७० लाख रुपैयाँमा बेचेर बुद्ध एयरबाट बाहिरियो । त्यसपछि २० प्रतिशत शेयर मेरा नाममा आयो भने देहान्त हुँदासम्म ८० प्रतिशत शेयर बुबाको नाममा थियो । शिवेन्द्र आफैँले माउन्ट एयर खोलेर चलायो । उसले बुद्ध एयरबाट सबै इन्जिनियर र ४० प्रतिशत अन्य कर्मचारी लिएर गएको थियो । त्यो कम्पनी डुब्यो ।
उसले त्यसपछि शिवानी एयर नामको पाइलट तालिम दिने कम्पनी खोल्यो । त्यसमा धेरै मानिसको रकम लिएर पाइलट बनाउन नसकेको भन्दै उसलाई अनेकौँ मुद्धा लागे । बैंकको कालोसूचीमा पर्यो र अन्ततः देश छाडेर अमेरिका गयो ।
उमेरले काम गर्न असहज हुने अवस्थामा पुगेपछि सुरेन्द्रले भने आफ्नो नाममा रहेको ८० प्रतिशत शेयरलाई दुई भाइ छोराहरुलाई बराबर बाँड्दिने निर्णयमा पुगे । शिवेन्द्रले पहिले पाएको १४ प्रतिशत शेयर नै बेचेर हिँडेपछि सुरेन्द्रले शिवेन्द्र भन्दा बुहारी र छोराछोरीका नाममा गर्ने निर्णय गरे ।

आफूसँग भएको ८० प्रतिशत शेयर हिस्सामा ४० प्रतिशत शिवेन्द्रकी श्रीमती र छोराछोरीको नाममा आफ्नो शेषपछि
जानेगरी बकसपत्र गरिदिए भने बाँकी ४० प्रतिशत बीरेन्द्रकै नाममा गरिदिए ।
तर आफ्नो नाममा शेयर नभएको भन्दै शिवेन्द्रले पुनः निहुँ खोज्न थाले । पहिले सर्वसहमतिमा आफ्नी श्रीमती र छोराछोरीको नाममा शेयर लिन मन्जुर भएका शिवेन्द्र पछि गएर त्यस विषयमा निहुँ खोज्न थालेपछि परेको झण्झटबारे ‘बुद्ध एयर: बाई द बुक’ मा पढ्न पाइन्छ । पछि उनले अदालतमा मुद्दादेखि सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा दायर गरे ।
‘…बुबाको निधन हुने बित्तिकै शिवेन्द्रले उसका परिवारका सदस्यलाई उकासेर सर्वसम्मत सम्झौता मान्दिन भन्दै बखेडा झिक्यो र हामीलाई नालिस हाल्यो । अदालतमा मात्र मुद्दा हालिएन, बुद्ध एयरका कर्मचारीलाई सम्पत्ति शुद्धीकरणको आरोप लगायो,’ बीरेन्द्रले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्, ‘ममाथि पनि सम्पत्ति शुद्धीकरणको मुद्धा हालिएछ । यो सबै काम उसैले गरेको हो भन्नेमा मलाई कुनै शंका छैन । सम्पत्ति शुद्धीकरण विभागमा मुद्दा परेपछि हामीले मानसिक तनाव भोग्नुपर्यो । तर विभागले हामीलाई सफाइ दियो । हामीले बोल्नै परेन, विभागकै सफाइले शिवेन्द्रको नियत पुष्टि गर्यो ।’
आफूले ‘इमान्दारिता, सत्य र विश्वास’ लाई सफलताको मुख्य सिद्धान्त बनाएका बीरेन्द्रले आफ्नो पुस्तकभरि विभिन्न तहमा कार्यरत कर्मचारीको अथक मेहनत र इमान्दारिताबारे लेख्न छुटाएका छैनन् । साथै कठिन अवस्थामा आफूले नगुमाएको इमान्दारिताको कथा हाल्दै कर्मचारीहरुले दिएको आत्मबल नै मुख्य प्रेरणाको स्रोत रहेको बीरेन्द्र मान्छन् ।
तर शिवेन्द्रकी छोरी देवयानीले भने ठूलोबुबा यानेकी उनै बीरेन्द्रलाई नै साथ दिएकी छिन् । बुबाको नियत बुझेरै उनले वार्षिक साधारण सभामा समेत उपस्थित भएर सबै पत्रमा हस्ताक्षर गरेको भन्दै देवयानीले बुद्धलाई चुस्त बनाउन आफूलाई साथ दिएको भन्दै प्रशंसा गरेका छन् । यता शिवेन्द्रले यसबिचमा समेत आफ्नो परिवारको साथमा सीमित भएको ३५ प्रतिशत शेयरका आधारमा बुद्धका जहाज भाडामा लिएर अर्कै कम्पनी बनाउने रणनीति बनाएका थिए । तर उनकै छोरीले समेत साथ नदिएपछि उनको त्यो सपना पूरा भने हुन सकेन ।
विश्वमा पारिवारिक मनमुटावकै कारण विभिन्न ठूला कम्पनीहरु टाट पल्टिएका उदाहरणहरु प्रशस्त भेटिन्छन् । बुद्ध एयरको जीवनमा पनि त्यो परिस्थिति पटकपटक आएको थियो । तर बुबा सुरेन्द्रले देखेको बुद्धको सफलताको सपनामा आफूले खुलेर साथ दिएपछि कम्पनी जोगिएको बीरेन्द्रले उल्लेख गरेका छन् ।
बुद्धको सफलतामा बीरेन्द्र आफूले त्रि–अश्त्र अपनाएर कम्पनीलाई यहाँसम्म ल्याएको धेरैपटक दाबी गरेका छन् ।
आफूले ‘इमान्दारिता, सत्य र विश्वास’ लाई सफलताको मुख्य शिद्धान्त बनाएका बीरेन्द्रले आफ्नो पुस्तकभरि विभिन्न तहमा कार्यरत कर्मचारीको अथक मेहनत र इमान्दारिताबारे लेख्न छुटाएका छैनन् । साथै कठिन अवस्थामा आफूले नगुमाएको इमान्दारिताको कथा हाल्दै कर्मचारीहरुले दिएको आत्मबल नै मुख्य प्रेरणाको स्रोत रहेको बीरेन्द्र मान्छन् । कठिन अवस्थामा कम्पनीले व्यवस्थापनप्रति र व्यवस्थापनले कम्पनीप्रति गरेको भरोसामा नै बुद्धको व्यवसायिक सफलता जोडिएको र उडान निरन्तर हुन पाएको बीरेन्द्रको दाबी छ ।
यो पनि…
कोभिडकालमा बुद्ध एयर : पहिले कर्मचारीको चुलो बल्यो, त्यसपछि अरु चल्यो
आफ्नै बुवाले नपत्याएका छोरा शिवेन्द्र बहादुर बस्नेत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया