काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति कटाक्ष गर्दै सरकारका उपलब्धि सार्वजनिक गरेका छन् ।
निरन्तर सरकारमाथि कटाक्ष गरिरहेका प्रचण्डले शनिबार एक सार्वजनिक कार्यक्रममा सरकारले एउटा पनि राम्रो काम गर्न नसकेको टिप्पणी गरेका थिए । यता हरेक विषयवस्तुमा प्रतिक्रिया जनाउने गरेको एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेख्दै त्यसबारे कटाक्ष गरेका हुन् । उनले सरकारले गरेको विभिन्न कामको फेहरिस्तबारे १२ बुँदामा संक्षेपीकरण गरेका छन् । साथै उनले विभिन्न तथ्यहरुलाई उजागर गरेपछि प्रचण्डमा सरकारबाट बाहिरिनुपरेको छटपटी देखिएको भन्दै कटाक्ष गरेका छन् ।
उनले प्रचण्ड नेतृत्वको सरकार रहँदा भन्दा अहिले राजस्वमा वृद्धि भएको, विदेशी मुद्राको संचिती बढेकोदेखि सोधनान्तार स्थितिमा उल्लेख्य बचत भएको समेत देखाएका छन् ।
‘प्रचण्डजी तपाई के बोल्दै हुनुहुन्छ ? यी तथ्यहरुले तपाईको वोलीमा तथ्य होइन कुन्ठा मात्र देखिन्छ,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘तपाई प्रधानमन्त्री हुदाको भन्दा राजश्वमा उल्लेख्य वृद्धि भएको छ । विदेशी मुद्राको संचिति वढेको छ । सोधनान्तर स्थितिमा उल्लेख्य बचत छ ।’
त्यस्तै निर्माण व्यवसायीलाई काम वापतको भुक्तानी प्रदान गरिएकोले नै निर्माण रोकिएका आयोजनाहरुको काम सुरुवात भएको समेत बताए ।
सामाजिक सञ्जालमा लेख्दै पोखरेलले भनेका छन् :
प्रचण्डजी तपाई के बोल्दै हुनुहुन्छ ?
यी तथ्यहरुले तपाईको बोलीमा तथ्य होइन कुन्ठा मात्र देखिन्छः
तपाई प्रधानमन्त्री हुँदाको भन्दा राजश्वमा उल्लेख्य वृद्धि भएको छ ।
विदेशी मुद्राको सञ्चिती बढेको छ ।
सोधनान्तर स्थितिमा उल्लेख्य बचत छ ।
निर्माण व्यावसायीलाई काम बापतको तपाईँ नेतृत्वको सरकारले दिन नसकेको भुक्तानी प्रदान गरिएको छ ।
निर्माण ठप्प रहेका ठुला आयोजनाहरुको काममा तिव्रता आएको छ । जस्तो पोखरा (मुग्लिन सडक, गैडाकोट बुटवल सडक) आदी ।
भुकम्प र बाढी पिडितका क्षतिग्रस्त आवास निर्माणका लागि श्रोतको व्यवस्था भएको छ ।
बैंकको तरलता वृद्धि भएको छ । व्याजदर घटेको छ । लगानी वृद्धि हुन थालेको छ ।
कानून निर्माणको कामले तिव्रता पाएको छ ।
सहकारीमा भएको घोटालाको छानविन र कार्वाहीको प्रकृया अघि बढेको छ । साना बचत कर्ताको वचत फिर्ता गर्ने प्रकृया सुरुभएको छ ।
कानूनी सुधारको प्रकृयाबाट लगानी योग्य वातावरण तयार भएको छ ।
कÞानून कार्यान्वयन गर्ने निकायले बिना हस्तक्षेप काम गर्ने वातावरण तयार भएको छ ।
भूमि समस्याको समाधानको प्रकृया अघि बढेको छ ।
सरकारको स्थायित्वको आधार तयार भएको छ ।
उपरोक्त कारणले नै तपाईको पीडा र छटपटी वढेको देखिन्छ । होइन र ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया