ट्रम्पको विरोध गर्ने साउदी राजकुमार पक्राउ

काठमाडौं, १९ कात्तिक — साउदी अरेबियाले चर्चित अर्बपति राजकुमार अलवालिद बिन तलाललाई पक्राउ गरेको छ । साउदीका युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा गठन भएको भ्रष्टाचार विरुद्धको नयाँ कमिटिले उनीसहित ११ जना राजकुमार, ४ बहालवाला मन्त्री तथा दर्जनौं पूर्व मन्त्रीहरुलाई पक्राउ गरेको समाचारहरुमा जनाइएको छ पक्राउ पर्ने चर्चित राजकुमार तलालको ट्वीटर र एप्पलमा लगानी रहेको छ लण्डनको सावोय होटलका मालिक समेत रहेका  तलाल   विश्वका धनि व्यक्तिको सूचिमा रहेका छन् तलाल अहिले अमेरिकाका राष्ट्रपति रहेका डोनाल्ड ट्रम्पले राष्ट्रपतिको उम्मेदवारी दिने भनेका बेला ट्वीटरमा ट्रम्पको विरोध गरेका थिए। उनले ट्रम्प समग्र अमेरिकाकै लागि अपमानको कारण रहेको र कहिले पनि नजित्ने दाबी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?