काठमाडौं । संघीय संसद् अन्तर्गत् आज आइतबार प्रतिनिधि सभाको बैठक बस्दैछ ।आज बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्ना धारणा राख्नेछन् ।
छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिने कार्यक्रम रहेको संसद्स चिवालयले जानकारी दिएको छ । त्यस्तै नीति तथा कार्यक्रममा दर्ता गरिएका ३७ संशोधन प्रस्तावहरुमा निर्णयार्थ प्रस्तुत गरिनेछ ।
गत वैशाख २२ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते संघीय संसद्को दुवै सदनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
आजबाट संसदमा प्रि–बजेट छलफल पनि सुरू हुनेछ । बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया