सुनसरी । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका–१० मंगलबारे बस्ने उमेश राईको छोरा १८ महिनाको उपदेश राईको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको हो ।
छिमेकीको घरमा खेल्ने क्रममा मोबाइल चार्ज गर्ने बोर्डबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया