काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । संसद् सचिवालयका अनुसार बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
त्यस्तै बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल पनि आजको बैठकमा निरन्तर रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया