पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

लोकपथ
882
Shares

काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबा ड्यामसाइड नजिकै टिपर विहीबार बेलुकी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

लु १ क २५१७ नम्बरको टिपर बुटल तर्फ जाँदै गर्दा को टायर पन्चर भई अनियन्त्रित भएर सडकबाट करिब ६५ मिटर तल तिनाउ खोला किनारमा खसेको थियो ।

दुर्घटनामा परी टिपर चालक रुपन्देहीको सियारी गाउँपालिका २ बस्ने अन्दाजी २६ वर्षीय प्रभाकर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते अवस्थामा उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?