पाकिस्तानले जम्मू कश्मिर क्षेत्रमा गर्यो ड्रोन आक्रमण, माहोल अशान्त

लोकपथ
8.6k
Shares

काठमाडौं । बिहीबार राति पाकिस्तानले जम्मू कश्मिर क्षेत्रमा ड्रोनबाट हमला गरेको छ ।

आज राति साढे ८ बजेको समयमा पाकिस्तानले ड्रोम आक्रमण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

साथै भारतीय वायु सेनाले जवाफी फायरिङ गरेको छ । जम्मू एयरपोर्ट पूर्ण रुपमा सुरक्षित भए पनि स्थानीयहरु भने त्रसित बनेका छन् ।

केही दिनदेखिको अशान्त बनिरहेको माहोलमा एकाएक ड्रोन आक्रमण हुँदा माहोल थप अशान्त बन्न पुगेको छ । जसका कारण बिजुली बत्तीहरु समेत जाँदा अहिले त्यहाँको माहोल अन्धकार भएको बताइएको छ ।

त्यसो त आजै भारतले समेत पाकिस्तानको लाहोर र कराची शहरमा ड्रोन आक्रमण गरेको थियो ।

यो पनि…

धर्मले विभाजित भारत–पाकिस्तान : न छुट्टिँदा खुसी मिल्यो, न कहिल्यै शान्त भए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?