देउवासहित दुई दलका शीर्ष नेतासँग भेटपछि बालुवाटारमा मन्त्रिपरिषद् बैठक

लोकपथ
1.8k
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । गभर्नर नियुक्त हुन नसकिरहेका बेला बसेको मन्त्रिपरिषद् बैठकलाई महत्वका साथ हेरिएको छ ।

त्यसो त यसअघि आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढल नेपाली नेपाली कांग्रेसका सभापतिसँग भेटघाट गरेका थिए ।

भेटमा देउवासहित उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकसहित परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा लगायतको सहभागिता रहेको थियो ।

गत चैत २५ गतेबाट राष्ट्र बैंकको गभर्नर पद खाली रहेको छ । पद रिक्त हुनुभन्दा एकमहिना अगावै पदपूर्ती हुनुपर्ने भए पनि राजनीतिक भागबण्डा नमिल्दा गभर्नर नियुक्त हुन नसकिरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?